images
images

वन उपभोक्ता महासंघ कटारीको अध्यक्षमा पुन भुवनराज गिरी चयन

जन्ताभ्वाईस सम्वाददाता
२५ चैत्र , शनिबार , २०७९
कटारी / सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ कटारीको दोस्रो अधिवेसन आज सम्पन्न भएको छ । कटारी स्थित आदिवासी जनजाति हलमा सम्पन्न अधिवेसनको वन्द सत्रले अध्यक्षमा पुन भुवनराज गिरीलाई सर्वसम्मत चयन गरेको छ ।
५१ सदस्यिय हुनेगरी हाललाई ४१ सदस्यिय सर्वसम्मत चयन भएका पदाधिकारीहरुमा उपाध्यक्षमा ईन्द्रबहादुर थापा मगर , सचिवमा मनकुमारी भुजेल र कोषाध्यक्षमा रिता कुमारी श्रेष्ठ चयन भएका छन् । नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई महासंघका जिल्ला अध्यक्ष कुशलबाबु वस्नेतले सपथ ग्रहण गराउनुभएको थियो ।
कटारी नगरपालिका भित्र मात्रै ६० वटा सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन् । अधिवसेनको उदघाटन सत्रमा वोल्दै प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य यसोधरा पोखरेलले महासंघको देंशभरीका स्थानीय महासंघ , जिल्ला महासंघ र क्रमश केन्द्रीय महासंघको अधिवेसन हुने प्रकृया सुरु भएको बताउनुभयो ।
शिक्षा , स्वास्थ्य जस्ता क्षेत्रमा वन समूहले गरेको लगानीले सरकारलाई समेत सघाउ पुराएको स्मरण गराउँदै प्रमुख अतिथि पोखरेलले वन जोगाउन महिलाहरुको ठूलो भूमिका रहेको बताउनुभयो । त्यसैगरी विशेष अतिथि जिल्ला महासंघका अध्यक्ष कुशलबाबु वस्नेतले उदयपुरमा स्थानीय महासंघ कटारीले सवैभन्दा अगाडी अधिवेसन गर्न सफल भएकोमा स्थानीय महासंघलाई वधाई दिनुभएको थियो ।
जिल्लामा स्थानीय सरकारहरुल वन ऐन पारीत गरेको जानकारी गराउँदै अध्यक्ष वस्नेतले ऐनको अध्ययन गरी नीतिगत रुपमा शसक्त भएर काम गर्नुपर्ने बताउनुभयो । “वनको व्यवस्थापन , विकास र संरक्षणमा विशेष जोड दिऔं ।”वस्नेतले भन्नुभयो ।
अधिवेसनले जिल्ला महासंघको अधिवेसनका लागि समेत प्रतिनिधि चयन गर्नेछ ।