images
images

सुनुवार सेवा समाज कटारीको प्रथम साधारण सभा सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२३ , चैत्र , बिहिबार , २०७९
कटारी / सुनुवार सेवा समाज कटारीको प्रथम साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले समाजको नगर कार्यसमितिको अध्यक्षमा तिलक सुनुवारलाई चयन गरेको छ ।
साथै उपाध्यक्षमा सुनिता सुनुवार र सन्तबहादुर सुनुवार चयन भएका छन् । त्यसैगरी सचिवमा हरिस दुर्लभ सुनुवार , सह सचिवमा मुना सुनुवार चयन भएका छन् ।
त्यसैगरी समितिको कोषाध्यक्षमा जंगबहादुर सुनुवार चयन भएका छन् । सदस्यहरुमा दलबहादुर सुनुवार ,टुपेन्द्र सुनुवार ,शुभद्रा सुनुवार , मनकुमारी सुनुवार ,डिकबहादुर सुनुवार ,यमबहादुर सुनुवार , कमला सुनुवार र कुमारी सुनुवार चयन भएका छन् ।