images
images

कटारीमा एमालेको निर्वाचन क्षेत्रीय संगठन सुदृढिकरण कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२१ चैत्र ,मंगलबार , २०७९
कटारी / नेकपा एमाले उदयपुर निर्वाचन क्षेत्र न. २ को आयोजनामा कटारीमा एमालेको संगठन सुद्धिढिकरण तथा विस्तार अभियान मिसन ग्रासरुट कार्यक्रम सम्पन्न भएको छ । आज आदिवासी जनजाति महासंघको हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मूख्यमन्त्री शेरधन राई रहनुभएको थियो ।
कार्यक्रम अन्र्तगत क्षेत्रका ५ वटा पालिकाबाट घनिभुत रुपमा रिपोर्टिङ र अन्तर्कृया गरिएको थियो । एमालेको फागुन ५ देखि जारी मिसन ग्रासरुट कार्यक्रमको अनुगमनका लागि राई कटारी आईपुग्नुभएको हो ।पार्टी भित्र देखा परेका समस्यालाई सुद्धिकरण गर्दै शसक्त बनाउन अभियान जारी रहेको पनि राईले बताउनुभयो ।
प्रमुख अतिथि राईले अभियानले सिंगो देशभित्र र बाहिर तरंग पैदा गरेको भन्दै एमाले विचार , सिद्धान्त र नीतिका हिसावले बलियो , सक्षम र लोकप्रिय पार्टी रहेको बताउनुभयो । विकास हाम्रै पालामा सम्भव छ भन्दै त्यसका लागि एमाले बलियो भएर अघि बढ्ने पनि राईले बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तैयब हुसेन , प्रदेश कमिटीका उपसचिव शैलेस लामा , सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी , जिल्ला कमिटी उदयपुरका अध्यक्ष परमेश्वर घिमिरे , उपसचिव ज्ञानेन्द्र श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।