images
images

विधिसम्मत कोशी नाम राखिएकोले मान्नुपर्छ –पूर्व मूख्यमन्त्री शेरधन राई

जन्ताभ्वाईस सम्वाददाता
२१ चैत्र ,मंगलबार , २०७९
कटारी / कोशी प्रदेशका पूर्व मूख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले संविधानको प्रकृया अनुसार जनताको मतले दिएको संसदले नाम टुंगाएकाले यसलाई मान्नुपर्ने बताउनुभएको छ । आज कटारीको होटल मजेस्टीमा प्रेस चौतारी उदयपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै पूर्व मूख्यमन्त्री राईले संविधानले गरेको व्यवस्था अनुसार विधिसम्मत नाम कोशी आएकोले यसलाई मान्नुपर्ने बताउनुभएको हो ।
अहिलेको आन्दोलनको विषयमा वोल्दै यो आवाजलाई पनि सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरेर जानुपर्ने बताउनुभयो ।“संविधान बमोजिम आएका आवाजहरुलाई व्यवस्थित गर्ने , सुत्रबद्ध गर्ने र फेरी पनि नीति तथा कार्यक्रममा धेरै कुराको माध्यमबाट आवाज सम्वोधन गर्ने स्थिति वन्न सक्छ ।”राईले भन्नुभयो –“संविधानबाट वाहिर जान दिनुहुँदैन र अहिलेका आवाजलाई पनि सुन्नुपर्छ , अर्को संसदमा प्रदेश सभाले प्रकृया अपनाएर जनादेश ल्याएर छलफल गर्न सक्छ ।”
अहिलेको ताजा अवस्थामा अहिलेको आवाज नजिकबाट सुन्दै आन्दोलनकारीको तर्पmबाट एकजनाको मृत्यु समेत भएको अवस्थामा उनीहरुको मागलाई पनि सुन्नु पर्ने राईले बताउनुभयो । अहिलेको अवस्थामा प्रदेश सभाले संविधान बमोजिम बहुमतले राखेको नामलाई स्विकार्दै भविष्यमा वहुमत आए संविधान संसोधन गरेर पनि नाम परिवर्तन गर्न सकिने पनि राईले बताउनुभयो ।
कोशी प्रदेशमा सत्ता समिकरण अप्ठ्यारोमा परेको पत्रकारहरुको प्रश्नको जवाफ दिंदै पूर्व मूख्यमन्त्री राईले कोशी प्रदेश मात्रै नभई देशलाई नै मध्यवधी निर्वाचनमा धकेल्ने प्रयास भईरहेको बताउनुभयो । “यो मुलुकलाई नै जर्वजस्ति मध्यवधीमा धकेल्ने प्रयास भईरहेको छ ।”राईले भने –“अहिलेको सरकार अस्थायी सरकार हो केही समय विदेशी एजेण्डा पुरागरेपछी सरकार आपैm जान्छ ।”
सत्ता भत्काउने र सत्ता लिप्सामा वस्ने काम एमालेले नगर्ने बताउँदै राईले एमाले देशको मूख्यपार्टी भएकाले छलफल गर्नुपर्ने बताउनुभयो । मध्यवधीको चिन्ता भन्दा देशको चिन्ता गर्नुपर्ने भन्दै मध्यवधीमा नधकेल्ने हो भने एमालेसँग पनि गम्भिर छलफल गर्नुपर्ने राईले बताउनुभयो ।
एमालेको फागुन ५ देखि जारी मिसन ग्रासरुट कार्यक्रमको अनुगमनका लागि राई कटारी आईपुग्नुभएको हो ।पार्टी भित्र देखा परेका समस्यालाई सुद्धिकरण गर्दै शसक्त बनाउन अभियान जारी रहेको पनि राईले बताउनुभयो । माओवादीका कारण देश द्वन्दमा फसेको विगत सम्झदै राईले अहिले पनि माओवादीकै कारण देश संकटमा फसेको बताउनुभयो । विदेशीको चलखेलका कारण गठबन्धन बनेको राईको आरोप थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तैयब हुसेन , प्रदेश कमिटीका उपसचिव शैलेश लामा , सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी , एमाले उदयपुर अध्यक्ष परमेश्वर घिमिरे , उपसचिव ज्ञानेन्द्र श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।