जन्ताभ्वाईस सम्वाददाता
२० चैत्र , सोमबार , २०७९
कटारी / ‘सहकारीको दिगोपन स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ ६६ औँ सहकारी दिवस कटारीमा पनि मनाईएको छ । आज कटारी स्थित सहकारीहरुले विविध कार्यक्रमका साथ यो दिवश मनाएका हुन् । चितवनमा २०१३ साल चैत्र २० गते बखानपुर ऋण सहकारी समिति स्थापना भएको थियो । सोहि सहकारीको स्मरणमा कटारीका बिभिन्न सहकारी संस्थाहरुले र्याली साथै सभा गरेर दिवश मनाएका हुन् ।
दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी सम्मेलन आयोजना गर्दैछ। यति चैत २३ गतेदेखि २५ गतेसम्म संचालन हुने सम्मेलनमा देशभरका सहकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन्। कार्यक्रममा वोल्दै सहकारी संञ्चालक कुमार सिंह राईले सहकारीको रकम शिर्षक अनुसार खर्च नगर्दा समस्या हुने गरेको बताउनुभयो । एकथोक भनेर ऋण लाने अनि अर्कै थोक गर्ने प्रकृयाको अन्त्य नभएकाले सहकारीहरुमा समस्या आएको बताउनुभयो ।


जनता भ्वाइस 








