images
images

किसानसँग सम्बन्धित माग राख्दै ज्ञापन पत्र बुझाईयो

जन्ताभ्वाईस सम्वाददाता
१९ चैत्र , आईतबार , २०७९
कटारी / अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) कटारी नगर समितिले विभिन्न मागराखी ज्ञापन पत्र वुझाएको छ । आज महासंघले कटारी नगरपालिका मार्पmत कोशी प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघका कटारी संयोजक ठाकुरप्रसाद पौड्याल हस्ताक्षरित ज्ञापन पत्र कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठमार्पmत मूख्यमन्त्रीलाई बुझाइएको हो । कृषी क्षेत्रका आधारभूत समस्याहरु बारे मूख्यमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदै समग्र कृषि क्षेत्रमा नीति कार्यक्रम ंनिर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ ।
पत्रमा २५ वुँदे मागहरु राखिएको छ । जसमा ६ किसान संगठनले गएको साउन १४ गते प्रधानमन्त्रीलाई पेश गरेको ५९ सुत्रीय माग यथासिघ्र पुरा गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी किसानलाई आवश्यक गुणस्तरीय विउ , मल , सिंचाई सुविधा लगायतको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । महासंघ नेकपा माओवादी केन्द्र निकट किसानहरुको संगठन हो ।