जन्ताभ्वाईस सम्वाददाता
१७ चैत्र , शुक्रबार , २०७९
कटारी / जनप्रेमी मावि कटारी ७ को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा हर्कबहादुर दनुवार चयन हुनुभएको छ । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्ष प्रदिप ढुंगाना चयन हुनुभएको छ । हिजो अभिभावक भेलाले व्यवस्थापन समितिको सदस्यमा सुरेस दनुवार , शुभमाया मगर , उर्मिला विश्वकर्मा , मोहन भण्डारी र उर्मिला गिरीलाई चयन गरेको हो । गएको चैत्र ११ गते अभिभावक भेला भएपनि समिति चयन हुन सकेको थिएन ।


जनता भ्वाइस 







