जन्ताभ्वाईस सम्वाददाता
१७ चैत्र , शुक्रबार , २०७९
कटारी / हेवेन्ली निर्माणा पाथ नेपाल ,कटारी नगर समितिको आयोजनामा आज कटारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेमवाद दर्शनका स्वामी डा.वालतपशी सतगुरु ओमनन्द हिजलोहिनेश मास्टर गड एन्जल गुरुहजुरको ४२ औं जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरिएको नगर समिति कटारीका अध्यक्ष सरिता श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार कार्यक्रममा २४ महिला र १५ पुरुष गरी ३९ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी सुनसरी र उदयपुर उद्योग वाणिज्य संघ कटारीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
समितिले कटारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । सामाजिक रुपमा विभिन्न सहयोग तथा गतिविधिलाई निरन्तरता दिएको पनि समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


जनता भ्वाइस 










