जन्ताभ्वाईस सम्वाददाता
१६ चैत्र , बिहिबार , २०७९
कटारी / शैक्षिक गुणस्तरलाई थप सुधार्न त्रिवेणी मावि कटारीले अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । आज यस क्षेत्रका प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहालका अनुसार शैक्षिक गुणस्तर वृद्धिका लागि सम्बन्धित कर्मचारीहरुसँग अन्र्तकृया गरिएको हो । त्यसैगरी नव निर्वाचित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघले निवर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई हार्दिक धन्यवादका साथ विदाई समेत गरेको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि संसद रायमाझीले विद्यालयले बनाएका शैक्षिक गुणस्तरका सवै योजनाहरुमा सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । त्रिवेणी मावि कटारीकै एकमात्र नमुना सामुदायिक विद्यालय हो ।


जनता भ्वाइस 







