images
images

हर्षाहीका ३ हात्ती पीडितहरुलाई राहत स्वरुप नगद प्रदान

जन्ताभ्वाईस सम्वाददाता
१६ चैत्र , बिहिबार , २०७९
दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ का ३ हात्ती पीडित परिवारलाई राहत स्वरुप नगद प्रदान गरेको छ । आज वडा कार्यालय परिसरमा मेयर दिनेश अधिकारी दनुवारले हात्ती पीडितहरुलाई नगद राहत प्रदान गर्नुभएको हो ।
वडाध्यक्ष कमानसिंह आले मगरले वडाका राधिका कटुवाललाई नगद ८ हजार , शान्तिमान विश्वकर्मालाई ५ हजार र वुद्धिमान गुरुङ्गलाई नगद ५ हजार प्रदान गरेको बताउनुभयो । उनीहरुको क्षति अनुसार वडाले अध्ययन गरी राहन प्रदान गरेको पनि वडाध्यक्ष मगरले बताउनुभयो ।
हात्तीले घरको अन्नपात सवै खाईदिएपछी समस्यामा परेको पीडितहरुलाई राहन प्रदान गरिएको पनि वडाध्यक्ष मगरले बताउनुभयो । दुधौलीको विभिन्न वडाहरुमा जंगली हात्तीले वर्षेनी क्षति पुराउने गरेको छ । नगद राहत प्राप्त गरेपछी पीडितहरुले खुसी व्यक्त गरे ।