images
images

तथ्यहिन पोष्टहरु गरिएको भन्दै जनमुखी मावि वसेरीको ध्यानाकर्षण

जन्ताभ्वाईस सम्वाददाता
१५ चैत्र , बुधबार , २०७९
कटारी/ कटारी वडा नम्बर १२ स्थित जनमुखी माध्यमिक विद्यालय वसेरीले सामाजिक संञ्जालमा तथ्यहिन अर्नगल प्रचार गरिएको भन्दै ध्यानाकर्षण गराएको छ । आज विद्यालयले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै विद्यालयले एसईईका लागि विद्यार्थीबाट पैसा उठाएको , शिक्षकहरुले घुस खाएको जस्ता तथ्यहिन प्रचार गरिएको पाईएको भन्दै ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा यस्ता प्रचारका पछाडी नलाग्न आग्रह गर्दै सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले सत्य तथ्य बुझेर मात्रै पोष्ट गर्न आग्रह गर्दै अन्यथा कानुनी उपचारको बाटो अपनाउन विद्यालय वाध्य हुने समेत उल्लेख गरिएको छ । संस्थालाई वदनाम गराउने उद्येश्यले पोष्ट गरिएको निराधार हल्लामा विश्वास नगर्न पनि विद्यालयले अभिभावक तथा विद्यार्थीहरुलाई आग्रह गरेको छ ।