जन्ताभ्वाईस सम्वाददाता
१५ चैत्र , बुधबार ,२०७९
कटारी / कटारी वडा नम्बर ४ ले कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आन्तरिक लेखा परीक्षणका लागि गठित समितिलाई आवश्यक कागजात उपलब्ध गराई सहयोग पुराउन आग्रह गरेको छ । गएको १३ फागुनमा तेस्रो साना सहरी खानेपानी आयोजना पश्चातको प्रथम साधारण सभाको वन्द सत्रमा समितिको आर्थिक प्रतिवेदन पारित नभएपछी आन्तरिक लेखा परिक्षणका लागि सविन खानको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
उक्त समितिलाई सिन्कौले खानेपानी लगायत समितिको हालसम्मको वील विजक ,खाता पाता सम्बन्धि सवै कागजात जुनसुकै समयमा पनि उपलब्ध गराउन अनुरोध गर्दै वडाले पत्र पठाएको हो । वडाध्यक्ष भूपेश तामाङ्ग हस्ताक्षरित पत्रमा छानविन समितिलाई हरहिसावको प्रतिवेदन तयार गर्नका लागि आवश्यक सवै कागजात उपलब्ध गराउन अनुरोध गरिएको छ । यस उपभोक्ता समितिले आन्तरिक लेखा परीक्षण समितिले प्रतिवेदन तयार नगरेको भन्दै विशेष भेला बोलाएको थियो ।
भेलामा छानविन समितिले उपभोक्ता समितिले आवश्यक कागजात नदिएको परीक्षणका लागि विज्ञ वोलाईएपनि कागजात नहुँदा काम गर्न नसकेको जनाएको थियो । विशेष छलफल पछी फेरी थप हरहिसाव हेर्ने सयम दिईएको छ । विगत लामो समयदेखि आर्थिक पारदर्शी नभएको भन्दै समितिको साधारण सभा हुन सकेको छैन् ।
साधारण सभा नहुँदा नयाँ नेतृत्व समेत आउन सकेको छैन् भने हालकै नेतृत्वको हरहिसाव उपभोक्ताले पारीत गरेका छैनन् । पुरानो सिन्कौले खानेपानीको ६ सय वढीको प्रतिधारा ७ हजारको रकम हराएको साथै धारा पनि हराएको भन्दै उपभोक्ताले पटक पटक हिसाव माग्ने गरेका छन् । छानविन समितिले प्रतिवेदन तयार गरेपछी फेरी साधारण सभाको आयोजना गर्ने पनि निर्णय भएको छ ।
आयोजनाको सुरुवातमा ५ वर्ष अघि कुल ५३ करोड ७६ लाख ५९ हजारमा आयोजना सुरुवात गरिएको थियो । त्यसपछी विभिन्न समयमा लागत थप हुँदै गएपनि आर्थिक पारदर्शिता भने हुन नसकेको भन्दै उपभोक्ताले समितिको आर्थिक प्रतिवेदन पारीत गरेका छैनन् ।आयोजना कटारी वडा नम्बर ४ को क्षेत्रमा समेत पर्छ ।


जनता भ्वाइस 








