images
images

ज्योती विकास वैंकद्वारा कटारीका विभिन्न स्थानमा शन्देशमूलक वोर्ड राखियो

जन्ताभ्वाईस सम्वाददाता
१४ चैत्र , मंगलबार , २०७९
कटारी / ज्योती विकास वैंकको कटारी शाखाले कटारीका विभिन्न स्थानमा महत्वपूर्ण चेतनामुलक होर्डिङ्गवोर्डहरु राखेको छ । आज वैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वैंकले कटारीको सिमसार , र मदन भण्डारी राजमार्गको दुई स्थानमा गरी ३ स्थानमा वोर्डहरु राखेको हो ।
वैंकका शाखा प्रमुख राम आचार्यका अनुसार कटारीका विभिन्न कटारीको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र झल्काउने वोर्ड सिमसार र कटारी ३ को वसपार्कसँगैको मदनभण्डारी राजमार्ग छेउमा राखिएको हो । कटारी ५ को सिमसारमा सिमसार पर्यापर्यटन समिति र वसपार्क नजिकै कटारी वडा नम्बर ३ र ट्राफिक प्रहरी पोष्ट कटारीको सहकार्यमा वोर्ड राखिएको हो ।
त्यसैगरी मदनभण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिएको कटारी ३ र ५ को सिमाना राधाकृष्ण मन्दिर नजिक स्थल पहिचान गर्ने वा दिशा देखाउने वोर्ड राखिएको हो । उक्त क्षेत्रमा हिंड्ने विभिन्न सवारीसाधनहरुले कता जाने दिशा निर्देश नपाउँदा समस्या हुने गरेको थियो ।
उक्त समस्यालाई ध्यानमा राख्दै वैंकले ट्राफिक प्रहरी पोष्टको सहकार्यमा दिशा निर्देश गर्ने वोर्ड राखेको हो । कटारीको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्येश्य र आउजाउ गर्ने सवारीसाधनहरुलाई दिशा निर्देश गर्न वोर्ड राखिएको पनि वैंकका कटारी प्रमुख आचार्यले बताउनुभयो । वैंकले यस अघि कटारी ३ को महादेव गुफा जाने बाटोमा पनि दिशा निर्देश गर्ने वोर्ड राखेको थियो ।