–भीम पौडेल ‘घाँसे ’
आऊ हे नववर्ष पौरखी वनी , सम्वृद्धिली प्रवल ।
देऊ सिंचन शान्तिको मुलुकमा , उद्भासको सुफल ।।
ल्याऊनु कुसुभाकरै तिमी पनी , पारुप त्यै मञ्जरी ।
छायाँमा तरुका मुनी उखुममा , ठण्डा अनिल् सुस्तरी ।।१।।
प्राकृती तिमीले सजाउ हरियो , तिम्रो सददावाहर ।
त्यस्तै उन्नतिले लियोस नवगती , यो सालले घर्घर ।।
भोकाहरु तृप्तहुन् खुसी हुँदै , नांगा लगाई लुगा ।
हाम्रो यो फुलवारीमा सबमिली , रोपेर खेती सुधा ।।२।।
सम्वृद्धी पथमा मिलाइ सबहात् , जुटेर सत्भावले ।
शान्ती उन्नती मन्त्रको जपजपोस , यो देशका माथले ।।
वीरोधी दुविधा नहोस् दलदलै , न्यानो अंगालो कसी ।
मीयो ठीक घुमेर दाइँ अनिपो , जानेछ मेसो वसी ।।३।।
मेटीयोस नव वर्षमै विगतका, सारा कटुताहरु ।
आवोस शान्ति विकाशको रथ लिई , सौजन्य वोकी अरु ।।
दीगो शान्ति विकास देख्न सवजन् , देशकै छ यो कामना ।
आऊ हे नव वर्ष वोकी खुसि त्यो , हाम्रो शुभै कामना ।।४।।
–कटारी , ४ , उदयपुर
(तपाईहरुसँग पनि जुनसुकै विधाका साहित्यिक रचना तथा अन्य लेखहरु छन् , प्रकाशित गर्न चाहानुहुन्छ भने सम्पर्क ९८६२८५९८२३ फोन गर्न सक्नुहुनेछ ।ईमेल [email protected] सम्पादक)


जनता भ्वाइस 







