जन्ताभ्वाईस सम्वाददाता
१४ चैत्र , मंगलबार , २०७९
कटारी / दुवै मृगौला फेल भएका कटारीका एक युवाले आफुलाई बचाईदिन आग्रह गरेको छन् । घरमा आर्थिक अवस्था नाजुक भएका कारण उनलाई उपचारमा सहज नभएको भन्दै अन्यत्र हसयोगको अपिल गरिएको हो ।
कटारी नगरपालिका–९, लिम्पाटारका २७ बर्षिय मिन आले मगरको दुवै मृगौला फेल भएपछि ३ महिना देखी उपचार भईरहेको छ । मृगौला प्रत्यारोपनका लागि करिब ४० देखी ५० लाख सम्म खर्च हुने डाक्टरले अनुमान गरेको परिवारले जनाएको छ । बैदेशीक रोजगारको शिलशिलामा साउदी पुगेको मगरलाई मृगौला समस्या भएपछि उतै एक महिना उपचारमा बसे । तर त्यस ठाउँमा आफन्त र पैसाको अभाव खड्किए सँगै उनि नेपाल फिर्ता भएका थिए । मगरको अहिले काठमाण्डौँ स्थित निदान हस्पिटलमा उपचार भैरहेको छ । मृगौला प्रत्यारोपन नभए सम्म उनले हप्ताको ३ पटक सम्म डायलाईसिस गर्नु पर्ने जनाईएको छ ।
आरोग्य स्वास्थ्य प्रतिष्ठानले मगरको दुवै मृगौला काम नलाग्ने पुष्टी गरेको छ । त्यसका लागि प्रत्यारोन नभए सम्म हप्ताको तिन पटक सम्म डायलाईसिस गर्नु पर्ने उल्लेख गरेको छ । थप स्तरीय डायलासिसको लागि त झन रगतहरुको सम्म आवश्यक पर्ने जनाईएको छ । सदावाहर डायलाईसिस गरी बचाउन असम्भव हुने हुँदा उनलाई आर्थिक सहयोग र मृगौला दानको लागि समेत आरोग्यले पत्रमा अनुरोध गरेको छ । मगरको परिवार खेति किसानी गर्दै आईरहेका छन् । घरमा गतिलो आर्थिक स्रोत नहुँदा ५० लाख बरावरको रकम उनिहरुलाई सपना जस्तो भैरहेको छ । परिवारले सम्पूर्ण संघ संस्था, मनकारी ब्यक्तित्व, सरकारी तथा गैरसरकारी कार्यालय र देश विदेशमा रहेको सम्पूर्ण मानवीय मनको धनिहरुलाई थोरै होस या धेरै आर्थिक सहयोग गरी बचाईदिन अनुरोध गरेका छन् ।
मृगौला पिडित मगरको उपचारका लागि उनका परिवारले हाल सम्म ४ लाख भन्दा बढी खर्च जुटाईसकेको परिवार श्रोतले जनाएको छ । आफुले सकेको खर्च जुटाएपनि उपचारको लागि भने आवश्यक रकम तयार नपएको मगरका परिवारले बताए । यदि सहयोगी मनहरुले मृगौला पिडित मगरलाई सहयोग गर्ने इच्छा राखेमा परिवारको सम्पर्क न. ९८६९३९८२७२ मा अनु तामाङ मगरलाई सम्पर्क गर्न सक्नुहुने छ ।
(पूर्णपुष्टि डटकमबाट साभार )


जनता भ्वाइस 










