जन्ताभ्वाईस सम्वाददाता
१३ चैत्र , सोमबार , २०७९
दुधौली / आगामी चैत्र २४ गते राष्ट्र , राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ अभियानले आव्हान गरेको आमहडताललाई सफल बनाउन अभियानका प्रमुख अभियन्ता दुर्गा प्रसाईले आग्रह गर्नुभएको छ । आज सिन्धुलीको दुधौलीमा पत्रकारहरुसँग कुरा गर्दै अभियन्ता प्रसाईले संसदले काम गर्न नसकेको आरोप लगाउँदै आम मानिस आगो लगाएर आत्महत्या गर्नुपर्ने अवस्थामा आएको बताउनुभयो ।
बन्दको आव्हानले व्यवासायी झनै आजित हुने पत्रकारको प्रश्नमा जवाफ दिंदै अभियन्ता प्रसाईले अहिले स्वत व्यवसाय वन्द जस्तै अवस्थामा आईसकेको बताउनुभयो । पसलमा ग्राहक आउन छाडेको बताउँदै देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताउनुभयो ।
अहिले धेरै नेपालीले वैंकको व्याज तिर्न सक्ने अवस्था नभएको साथै लघुवीत्तले महिलाहरु पीडित भएर जंगल पस्नुपर्ने वाध्यता आईसकेको बताउनुभयो । २० लाख मुनीको ऋण मिनाहा तथा वैंकको व्याजदर ५ प्रतिशतमा झार्नुपर्ने आप्mनो माग भएकाले यहि माग पुरा गर्न हडताल गर्नुपर्ने बताउनुभयो ।
विगतमा माओवादी , एमालेलाई सहयोग गरेकोमा पश्चाताप भएको भन्दै प्रसाईले सवैको प्रयासले सत्तामा पुगेर उनीहरुले विगत विर्सिएको बताउनुभयो । विभिन्न जिल्लाका कार्यक्रमहरु सम्पन्न गर्दै प्रसाईले काठमाडौं जाने क्रममा दुधौलीमा युवा अभियन्ताहरु तथा पत्रकारहरुसँग साक्षात्कार गर्दै यस्तो बताउनुभएको हो ।
कटारीबाट पुगेका युवा अभियन्ताहरुसँग छलफल गर्दै प्रसाईले आगामी चैत्र २८ गते कटारीमा आयोजना हुने अभियानको कार्यक्रममा आफु आउने जानकारी सहित प्रचार प्रसारलाई तिव्रता दिनुपर्ने सुझाव दिनुभयो ।


जनता भ्वाइस 










