जन्ताभ्वाईस सम्वाददाता
१२ चैत्र , आईतबार , २०७९
कटारी / कटारीका सफल व्यवसायी प्रयास कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आगामी चैत २८ र २९ गते काठमाण्डौमा हुने ५७ औं साधारण सभामा कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषण गर्नुभएको हो ।
कार्कीले संचालन गरेको नेपाल ट्रेडिङ एण्ड हार्डवेयर प्रालि पटक पटक उत्कृष्ट करदाताको सम्मानबाट पुरस्कृत भई सकेको छ । साना तथा मझौला व्यवसायीहरुको हक र हितको मुद्दा आफ्नो प्रमुख ऐजेण्डा भएकाले सबै जिल्ला तथा नगर उद्योग बाणिज्य संघले सहयोग गर्नेमा आफु विश्वस्त रहेको कार्कीले बताउनुभयो ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर कार्की साना तथा मझौला व्यवासायीको अधिकार रक्षा गर्ने प्रमुख आफ्ना एजेण्डा सहित जिल्ला तथा नगर उद्योग बाणिज्य संघको भ्रमणमा रहनुभएको छ ।


जनता भ्वाइस 








