जन्ताभ्वाईस सम्वाददाता
१२ चैत्र , आईतबार , २०७९
कटारी / त्रिवेणी मावि कटारीको व्यवस्थापन समिति अध्यक्षमा मनिराज दाहाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न अभिभावक भेलाले दाहाललाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष चयन भएसँगै दाहालले विद्यालयमा आगामी दिनमा स्कुल वस तथा शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिने बताउनुभयो । यस विद्यालय जिल्लाकै नमुना र गुणस्तरीय विद्यालय भएकाले यसको विकासमा ध्यान पुराउने अध्यक्ष दाहालले बताउनुभयो ।
नमुना विद्यालय रहेको मावि जिल्लाकै नमुना विद्यालय हो । विद्यालयको व्यवस्थापन समितिको सदस्यहरुमा मिरा श्रेष्ठ , योगमाया थापा , दिपाश्री राई , गोपाल विक्रम बिष्ट चयन भएका छन् । त्यसैगरी भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा मोहन कोईरालालाई चयन गरेको छ ।
संघको सदस्यमा आशिस कार्की , रमेश पौडेल , नखद्वज कट्वाल ,गंगा कुमारी रोका ,इन्दिरा निरौला दाहाल र इन्दिरा भुजेल चयन भएका छन् । त्यसैगरी सल्लाहाकार समितिको संयोजकमा रामबाबु खड्का चयन हुनुभएको छ ।


जनता भ्वाइस 







