images
images

कटारी खानेपानीको विवादित हरहिसाव खोज्ने समय थप , आफुखुसी पैसा निकाल्ने गरिएको देखिएको छानविन समितिको निष्कर्ष

जन्ताभ्वाईस सम्वाददाता
११ चैत्र , शनिबार , २०७९
कटारी / कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आन्तरिक लेखा परीक्षणका लागि गठित समितिलाई आगामी चैत्र ३० गतेसम्मको समय दिईएको छ । आज वसेको समितिको भेलाले समितिको आन्तरिक हरहिसावको अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि समय थप गरेको हो ।
गएको १३ फागुनमा तेस्रो साना सहरी खानेपानी आयोजना पश्चातको प्रथम साधारण सभाको वन्द सत्रमा समितिको आर्थिक प्रतिवेदन पारित नभएपछी आन्तरिक लेखा परिक्षणका लागि सविन खानको संयोजकत्वमा समिति गठन गरिएको थियो । सवै आर्थिक छानविन गर्ने गरी खान संयोजक रहेको समितिले उपभोक्ता समितिले लेखा परिक्षण तथा छानविनमा सहयोग नगरेको बताउँदै आएको छ ।
समितिले पर्याप्त आवश्यक कागजात नदिएपछी छानविनमा ढिलाई भएको समितिका संयोजक खानले बताउनुभयो । खानले छानविनका लागि वोलएको विज्ञलाई नै धम्की दिने गरेको समेत बताउनुभयो । ‘गाह्रो छ कागजात दिनु भन्दा दिंदैनन् काम गर्न पनि दिएनन् ’खानले भन्नुभयो ।‘लाखौंलाख पैसा अमुक मानिसको व्यक्तिगत नाममा निकालिएको छ । ’
समितिले भने आवश्यक कागजात दिएर सहयोग गरेको समितिका अध्यक्ष दोजराज पौडेलले बताउनुभयो । आज वसेको भेलामा छानविन समितिका संयोजक खानले हालसम्म गरिएको अध्ययनमा समितिले आफुखुसी लाखौं रकम निकाल्ने गरिएको पाईएको बताउनुभयो ।
समितिले प्रस्तुत गरेको प्रतिवेदनमा रकम देखिएपनि खातामा भने रकम नभएको पाईएको समेत संयोजक खानले बताउनुभयो । खानेपानी सम्वन्धि धेरै वेथिती रहेको पाईएको भन्दै विज्ञ लेखा परिक्षकलाई परिक्षणका लागि ल्याउँदा समेत समितिले कागजात नदिएको पनि संयोजक खानले आरोप लगाउनुभयो ।
कटारीको यस खानेपानी उपभोक्ता समितिको साधारण सभा विगत ३ वर्षअघिदेखि विवादित वन्दै आएको छ । पुरानो सिन्कौले खानेपानीको ६ सय वढीको प्रतिधारा ७ हजारको रकम हराएको साथै धारा पनि हराएको भन्दै उपभोक्ताले पटक पटक हिसाव माग्ने गरेका छन् ।
छानविन समितिले प्रतिवेदन तयार गरेपछी फेरी साधारण सभाको आयोजना गर्ने पनि निर्णय भएको छ । छानविन समितिले साधारण सभामा प्रतिवेदन पेश गर्ने तय भएको छ ।वडाध्यक्ष भूपेश तामाङ्गले छानविन समितिलाई आवश्यक छानविनमा समितिले अप्ठ्यारो पारे वडासँग समन्वय गर्न आग्रह गर्दै समितिलाई छानविनमा सहयोग पुराउनुपर्ने बताउनुभयो ।
आप्mनो वडामा रहेको आयोजनाको वेथिति अन्त्यका लागि आफु सँधै लागि पर्ने पनि वडाध्यक्ष तामाङ्गले बताउनुभयो । ३ वर्षअघिदेखि विवादित समितिको साधारण सभाले निकास दिन सकेको छैन् । स्थानीय सरकारले पनि यस समितिको समस्यालाई प्राथमिकतामा राखेर उपभोक्ताहरुलाई निकास दिन सकेको छैन् । लामो समयदेखि यो समितिको साधारण सभा विवादित र आलोचित हुँदै आएको छ ।