images
images

जनगणना २०७८ – उदयपुरको जनसंख्या ३ लाख ४० हजार ७ सय २१

जन्ताभ्वाईस सम्वाददाता

१० चैत्र , शुक्रबार , २०७९
कटारी / राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । नतिजा अनुसार उदयपुरको जम्मा जनसंख्या ३ लाख ४० हजार ७ सय २१ रहेको छ । जसमा पुरुष १ लाख ६३ हजार ७ सय ३८ र महिला १ लाख ७६ हजार ९ सय ८३ रहेको छ । उदयपुरमा जम्मा घरपरिवार संख्या ८१ हजार १ सय ८९ रहेको छ । तथ्यांक अनुसार जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमवल ६८ प्रतिशत रहेको छ ।
त्यसैगरी उदयपुरमा जम्मा विदेश वस्नेको संख्या २१ हजार १७ जना रहेको छ । जसमा पुरुष १८ हजार ५ सय १५ र महिला २ हजार ५ सय २ रहेको छ । जिल्लामा अपाङ्गता भएका ९हजार २सय १८ जना रहेका छन् ।
उदयपुरमा ५ वर्ष माथिका साक्षरता प्रतिशत ७७दशमलव १७रहेको छ । जसमा पुरुष ८४दशमलव ०७प्रतिशत र महिला ७० दशमलव ८७ रहेको छ । २०६८ को जनगणना अनुसार उदयपुरमा ३ लाख १७ हजार ५ सय ३२ जनसंख्या रहेको तथ्यांक कार्यालय उदयपुरका प्रमुख शिव नारायण महतोले जानकारी दिनुभयो ।