images
images

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध चयन

जन्ताभ्वाईस सम्वाददाता
विहिबार ९ चैत्र , २०७९
कटारी / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको छ । झापाको बिर्तामोडमा आज सम्पन्न ५ औं महासंघको अधिवेशनबाट राउत निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणि पोखरेल चयन भएका छन् । कोषाध्यक्षमा सुवास आचार्य चुनिएका छन् ।
कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् भने वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्जाचित भएका छन् । एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिनुभयो । राउत यसअघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पनि सर्वसम्मत रुपमा चयन हुनुभएको थियो ।