जन्ताभ्वाईस सम्वाददाता
चैत्र , ८ , बुधबार , २०७९
कटारी / वढ्दो सहरीकरणसँगै कटारीबजारबाट निस्किने फोहोरको मात्रा बढ्दो छ । यसको समाधान तत्काल नगर्ने हो भने विस्तारै कटारी नगरपालिकाको सवैभन्दा टाउको दुखाईको विषय यहि वन्न सक्छ । वेलैमा समस्या समाधान गर्न कटारी नगरपालिका लागि परेको छ तर बजारवासीहरुले भने खासै चासो दिएका छैनन् , एक रिपोर्ट
कटारी , ३ राजावासको फोहोर विर्सजनस्थलमा स्थानीयले पटक पटक आन्दोलन गरिरहेका छन् । यसर्थमा कटारीमा अभैm पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन् । यसलाई थप व्यवस्थित गर्न नगरपालिकाले पहल पनि थालेको छ ।
तर नगरपालिकाले पहल गर्दैमा समाधान भईहाल्ने विषय भने यो होईन् , यसको उचित समाधानका लागि सवैभन्दा बढी कटारी बजारवासी र आसपासका गाउँलेहरु जिम्मेवार हुनु पर्छ तर त्यो देखिएको छैन् । गएको माघ १९ गते फोहोर व्यवस्थापनमा सहजता ल्याउन नगरपालिकाले फोहोरको वर्गीकरण गर्ने नीति ल्याएको छ ।
जस अनुसार आईतबार , मंगलबार , विहिबार र शनिबार कुहिने फोहोर , सोमबार , बुधबार र शुक्रबार नकुहिने प्लाष्टिकजन्य र सीसाजन्य फोहोर नगरपालिकाको फोहोर वोक्ने गाडीमा पठाउनु पर्ने हो तर कटारी बजारबासीले नगरपालिकाको यो आग्रह पालना गरेनन् ।
यसरी फोहोर वर्गीकरण गरे व्यवस्थापन गर्न सहज हुनेछ तथापि कटारी बजारवासीले वर्गीकरणमा ध्यान नदिएर आप्mनै खुट्टामा वञ्चरो प्रहार गरीररहेका छन् ,वा कटारीमा फोहोर चुनौती बन्दै गएको छ । यसरी फोहोर चुनौती वन्दै गएपछी तीनदिन देखि कटारी नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।
छलफलका क्रममा कटारी ४ मा नगरपालिकाका उपमेयर गीता खड्का र प्रमुख प्रशासकीय अधिकृत अनिल किराती ।
पहिलो दिन कटारीका स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि सम्वन्धित निकायलाई सजग बनाएको नगरपालिकाले बजार रहेको वडा नम्बर ३ र ४ का टोल विकास संस्थालाई सहज बनाउन छलफल गरेको छ । छलफलमा वोल्दै कटारी ४ का वडाध्यक्ष भुपेश तामाङ्गले कुहिने फोहोरलाई मल बनाउन सकिने र मूख्य चुनौती रहेको नकुहिने फोहोरलाई व्यवस्थापनमा सहयोग पुराउन टोल विकास संस्थाका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
छलफलका क्रममा कटारी ४ वडाध्यक्ष भूपेश लामा ।
संस्थाका पदाधिकारीहरुले आगामी दिनमा पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । गाउँमा केहि सहज भएपनि बजारमा कुहिने फोहोर समेत समस्या बन्ने गरेको छ । तर त्यस्ता फोहोर लगायतका समस्यालाई समाधान गर्न संस्थाले जिम्मेवार भएर लाग्नुपर्ने बताउनुहुन्छ नगरपालिकाकी उपमेयर गीता खड्का ,“टोलको जिम्मेवारी संस्था हो जिम्मेवारी फिल गरेर काम गर्नुहोस ।”
पहिलो चरणमा नगरपालिकाले कटारी बजारवासीसँग फोहोरको वर्गीकरणका लागि साथ खोजिरहेको छ । फोहोरको सवैखाले व्यस्थापनका लागि यो आधारभुत काम पनि हो तर यसका लागि समेत नगरपालिकाले सचेत गराउनुपर्ने अवस्थाले नागरिकको जिम्मेवारी भने हराउँदै गएको हो की भन्ने प्रश्न पनि उठ्छ । नागरिकलाई झक्झकाएर व्यवस्थापनमा जुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती कुहिने र नकुहिने मात्रै छुट्टाएर व्यवस्थापन गरेपनि धेरै सहज हुने बताउनुहुन्छ ।
तपाई , हाम्रो , चुल्हो , चौका , घर , आगनबाट निस्किने फोहोरलाई सवैभन्दा पहिलो व्यवस्थापन गर्ने जिम्मेवारी तपाई हाम्रो पनि हो । त्यसैले एकपटक कटारी बजारका नागरिक सभ्य छन् भनेर देखाउन फोहोरको वर्गीकरणसँगै रचनात्मक सहयोग नगरपालिकालाइ गर्ने हो भने ठूलो समस्या समाधानमा नगरवासीको भूमिका देखिनेछ । नभए कटारी बजारमा फोहोरको व्यवस्थापन झन झन चुनौती वन्दै जाने देखिन्छ ।
छलफलमा सहभागी कटारी ४ का टोल विकास संस्थाका पदाधिकारीहरु ।


जनता भ्वाइस 







