जन्ताभ्वाईस सम्वाददाता
७ चैत्र , मंगलबार , २०७९
कटारी / कटारी नगरपालिका वडा नम्बर ४ स्थित मरुवा माविमा मुलसडकदेखि विद्यालय सम्म जाने सडकको स्तरउन्नती गरिएको छ । विद्यालय सम्म आउजाउ गर्ने सडकखण्डमा कटारी नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सडक स्तरउन्नती गरिएको हो ।
रोजगार शाखाबाट १ लाख ३५ हजारको निर्माण सामाग्री र १० जना कामदारले ७२ दिन काम गरेको ४ लाख ८० हजार ज्याला रकमले सडकमा नाला र ढुंगाको सोलिङ्ग गरी सडक मर्मत गरिएको हो । वर्षातमा बाटो हिलाम्मे हुने भएकोले आवत जावत गर्न असहज भएपछि बाटो मर्मत गरी सहज बनाइएको विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले बताउनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सडक मर्मतका लागि १० जना लाई रोजगारी दिई सडक स्तरउन्नती गरिएको रोजगार शाखाका प्रमुख विनोद धमालले बताउनुभयो । सोही कार्यक्रम अन्तर्गत नै विद्यालयको वरपर फुलका लागि बगैचा पनि बनाईएको छ ।


जनता भ्वाइस 








