images
images

कटारी नगरपालिकाद्वारा उद्धार सामाग्री वितरण

जन्ताभ्वाईस सम्वाददाता
७ चैत्र , मंगलबार , २०७९
कटारी/ कटारी नगरपालिका भित्र रहेका ६ वटा प्रहरी चौकीहरुलाई विपदका समयमा आवश्यक उद्धार सामाग्रीहरु वितरण गरिएको छ । कटारी नगरपालिकाले प्रहरी चौकी वडा नम्बर १ को वेलसोत , ७ को प्रहरी चौकी रिस्कू , १२ को प्रहरी चौकी वसेरी , १४ को प्रहरी चौकी घुर्मी , १० को प्रहरी चौकी सोरुङ्ग छविसे , र ११ को अस्थायी प्रहरी पोष्ट वेतेनीलाई सामाग्री वितरण गरेको हो ।
कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले चौकी प्रमुखहरुलाई आज सामाग्री हस्तान्तरण गर्नुभयो । उद्धार गर्ने डोरी प्रति चौकी सय मिटर एक एक थान , मल्ट्रप्रपोज हम्मर , भर्याँङ्ग , लाईफ ज्याकेट चार चार थान , हेडलाईट दुई दुई थान , पञ्जा चार चार थान , सेप्mटी ज्याकेट चार चार थान , हेल्मेट चार चार थान , स्ट्रेचर , साबेल लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कुनै पनि आईपर्न सक्ने विपतमा क्षति न्युनिकरण गर्नका लागि प्रतिकार्य सामाग्रीहरु वितरण गरिएको उपमेयर खड्काले बताउनुभयो । त्यसैगरी उक्त सामाग्रीहरु नगरपालिकाले नगरपालिकाको दमकल शाखामा समेत राखेको छ ।