images
images

पmोहोर वर्गीकरण कार्यान्वयनमा नआएपछी कटारी नगरद्वारा सरोकारवालाहरुसँग छलफल

जन्ताभ्वाईस सम्वाददाता
६ चैत्र , सोमबार , २०७९
कटारी ६ चैत्र
कटारी / नगरपालिकाले फोहोर व्यवस्थापनलाई थप व्यवस्थित टोल विकास समितिहरुसँग थप छलफल गर्ने भएको छ । कटारी नगरपालिकाले आज कटारीका सरोकारवालाहरुसँग छलफल गर्दै फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने भएको हो ।
अस्पत्तालजन्य फोहोरलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको बताउँदै नगरपालिकाका उपमेयर गिता खड्काले क्रमश ः छलफल गर्दै जाने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले भोलि फेरी वडा नम्बर ३ र ४ का वडा समितिहरुसँग छलफल गर्ने बताउनुभयो ।
नगरपालिकाले माघ १९ मा फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना जाहेर गरेको थियो । सुचना जाहेर गरेपनि बजारबाट फोहोर उठाउँदा फोहोरको वर्गीकरण नभएपछी नगरपालिकाले आज सरोकारवालाहरुलाई छलफलमा वोलाएको हो ।
उदयपुर उद्योग वाणीज्य संघ , होटल व्यवसायी , सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुलाई नगरपालिकाले छलफलमा राखेर फोहोरको वर्गीकरण कार्यान्वयनका लागि दबाब दिएको हो । कुहिने , नकुहिने फोहोरहरुलाई बार अनुसार संकलन गर्ने भनिएपनि त्यसको कार्यन्वयन कटारीमा नभएको हो ।