images
images

सम्पर्कमा नआउने २४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन कटारी नगरपालिकाको निर्देशन

जन्ताभ्वाईस सम्वाददाता
६ चैत्र , सोमबार , २०७९
कटारी / कटारी नगरपालिका भित्र रहेका २४ सहकारी संस्थाहरुलाई सम्पर्कमा आउन कटारी नगरपालिकाले निर्देशन गरेको छ । कटारी नगरपालिकाले हिजो एक सुचना प्रकासित गर्दै नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई ३५ दिन भित्र सम्पर्कमा आउन भनेको हो ।
नगरपालिकाको अभिलेखमा ५४ वटा सहकारीहरु भए पनि २४ वटा संस्थाहरु सम्पर्कमा नआएको र अगाडीका वर्ष देखिनै नगरपालिकाले माग गरेको विवरण नबुझाएको, बारम्बार अनुगमन तथा ताकेता गर्दा पनि कुनै चासो नदेखाएको भन्दै कानुन अनुसार विवरणहरु उपलब्ध नगराएकाले सम्पर्क आउन नगरपालिकाले निर्देशन दिएको हो ।
तोकिएको समय भित्र कार्यालयको सहकारी शाखामा उपस्थित भई विवरण नबुझाएमा कानुन अनुसार कार्वाही प्रकृया अगाडी बढाइने पनि कटारी नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।