images
images

कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा सम्पन्न वृहत प्रदशर्नमा उदयपुरबाट पनि सहभागी भए पहिचान पक्षधर (फोटो फिचर )

जन्ताभ्वाईस सम्वाददाता
६ चैत्र , सोमबार , २०७९
विराटनगर /कोशी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले विराटनगरमा आईतबार गरेको विशाल जनप्रदर्शनमा उदयपुरबाट समेत सहभागीहरु सहभागी भएका छन् । किरात राई यायोक्खा उदयपुरको नेतृत्वमा जिल्लाको गाईघाट , कटारी , वेल्टार , रामपुरबाट पहिचान पक्षधरहरु विराटनगर पुगेका थिए ।
यायोक्खा उदयपुरका अध्यक्ष गंगा राईको नेतृत्वमा विराटनगरको प्रदर्शनमा उदयपुरबाट उल्लेख्य सहभागीताका साथ प्रदर्शन भएको थियो । पहिचान पक्षधरहरूले कोशी नाम खारेजीको माग राख्दै पहिचान पक्षधरहरूले प्रदेशको राजधानी विराटनगरमा बृहत् प्रदर्शन गरेका हुन्।
प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो । तर प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने क्रममा केहीबेर झडप समेत भएको थियो । निषेधाज्ञा तोड्दै मूख्यमन्त्रीको कार्यालय अगाडी प्रदर्शनकारीहरुले कोण सभा गर्दै कोशी नाम नमान्ने बताएका थिए ।
आन्दोलन जारी रहेको भन्दै उनीहरुले वडा तहसम्म प्रभावकारी आन्दोलन अगाडी बढाउने बताएका छन् ।प्रदशर्नमा प्रदेशका जिल्लाहरुका पहिचान पक्षधरहरु सहभागी भएका थिए ।