जन्ताभ्वाईस सम्वाददाता
४ चैत्र,शनिबार , २०७९
कटारी /कटारी , ३ ताराघारी स्थित महादेव गुफामा गएको माघ २५ देखि फागुन ७ सम्म सम्पन्न शिव महापुराणको आजा आय व्यय सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आय व्यय अनुसार महापुराणमा ७३ लाख ३३ हजार ३ सय ४९ आम्दानी भएको थियो ।
महापुराण मुल समारोह समितिका अनुसार महापुराणमा २४ लाख ४४ हजार ४ सय १९ खर्च भएको छ । जम्मा महापुराणबाट ४८ लाख ८८ हजार ९ सय २९ बचत भएको पनि समितिले जनाएको छ । आज आय व्ययसँगै वसेको मूल समारोह समितिको वैठकले उक्त रकम मुद्दतीमा राख्ने र व्याजबाट गुफाको पुजारी र हेरालुको व्यवस्था गर्ने निर्णय गरिएको छ ।


जनता भ्वाइस 








