images
images

कटारीमा भएको दुर्घटनामा एकजनाको मृत्यु

जन्ताभ्वाईस सम्वाददाता
३ चैत्र , शुक्रबार , २०७९
कटारी / कटारी , ४ मा ट्रिपर र मोटरसाईकल ठक्कर खाँदा आज  एकजनाको मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्र्तगत कटारीबाट सिन्धुलीको दुधौली तर्पm गईरहेको ना ५ ख ४६५३ नम्बरको ट्रिपरलाई सोही दिशातर्पm गईरहेको वाग्मति प्रदेश ०२०१९ प ४९५१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा मोटरसाईकल चालक मोरङ धनपाल थान ७ का अन्दाजि २१ वर्षिय सुधिर कुमार मण्डलको मृत्यु भएको हो ।
ट्राफिक प्रहरी पोष्ट कटारीका हवल्दार चन्द्र बुढाथोकीका अनुसार गम्भिर घाईते मण्डललाई उपचारका लागि कटारी अस्पत्ताल ल्याईएको थियो । अस्पत्तालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनापश्चात ट्रिपर चालक कटारी , ४ का २८ वर्षिय उमेश सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको चालक सदालाई ईलाका प्रहरी कार्यालय कटारीमा राखि थप अनुसन्धान भईरहेको छ ।
ट्रिपर .राजमार्गबाट दायाँ मोडिने क्रममा पछाडीबाट जाँदै गरेको मोटरसाईकलले ठक्कर दिएको हो ।