images
images

स्थापनाको तीन दशक वित्दा पनि स्तरउन्नती हुन सकेन जहडी स्कूल , दिवा खाजाको पैसा पनि नपाउने अवस्थामा पुगे विद्यार्थी

निर्माण नै सम्पन्न नभई जीर्ण बनेको भवन अगाडी पानी वग्ने नालीसँगै आउजाउ गर्दै विद्यार्थीहरु -तस्बिर /जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्वाददाता
३ चैत्र , शुक्रबार , २०७९
कटारी /आधारभुत विद्यालय जहडी (सिम्ले) कटारी – ४ ,भुगोलका दृष्टिले कटारी नगरपालिकाको बजारसँगै रहेको विद्यालय हो । तर यो विद्यालय परिसरमा पुग्दा , यो विद्यालय जतिको अव्यवस्थित विद्यालय सायद भौगोलिक रुपमा विकट गाउँमा पनि छैनन् होला ।
भौतिक संरचनाको रुपमा यस विद्यालयमा कम्पाउण्ड समेत छैन् । विद्यालय भवनको मध्यभागतिर वस्ती छ । छरिएर रहेका भवनहरुमा पठन पाठन हुन्छ । २०४५ सालमै स्थापना भएको यस विद्यालयमा खेलमैदानको त कुरै छौडौं भवन अगाडी तिर पानी बग्छ ।
कक्षा ८ सम्म अध्ययन अध्यापन हुने यस विद्यालयमा आदिवासी जनजाति , दलित समुदायका २ सय वालवालिका पढ्छन् ।११ जना शिक्षक शिक्षिका छन् । विद्यालय परिसरमा डेढ दशक पहिले शान्ति तथा पुर्नस्थापना मन्त्रालयको सहयोगमा निर्माण सुरु गरिएको भवन पुरा नभई जीर्ण भईसकेको छ ।
कटारीमैसँगै स्थापित धेरै विद्यालयले शैक्षिक , भौतिक रुपमा फड्को मारे पनि यो विद्यालयको अवस्था भने अस्तव्यस्त छ । यस विद्यालय आसपासबाट भएका अतिक्रमण रोक्न कसैले पहल गरेका छैनन् ।
प्रअ नै जर्वजस्ती करणी आरोपमा थुनामा
लामो समय यस विद्यालयमा प्रअको जिम्मेवारीमा रहेका गोपाल दनुवार दुई महिना अघि जर्वजस्ती करणी आरोपमा पक्राउ परे । अरुलाई शिक्षा दिने प्रअ नै करणी आरोपमा थुनछेक वहसका लागि थुनामा छन् ।प्रअ नै थुनामा परेपछी अहिले यस विद्यालयका थप विकृति पनि खुल्दै गएका छन् ।
खातामा रकम शून्य
प्रअ दनुवार थुनामा परेपछी निमित्त प्रअको जिम्मेवारी नरेन्द्रबहादुर थापाले पाउनुभयो । थापाले त्यसपछी विद्यालयको प्रशासन संञ्चालनका लागि खाताको बारेमा जानकारी राख्दा खातामा रकम शूख्य रहेको पाउनुभयो । “सबै प्रअले कारोबार गर्नुहुन्थ्यो हामीलाई केहि थाहा थिएन जब जिम्मेवारी आएर सोधपुछ गर्दा खातामा पैसा नै छैन् ।”
प्रअ थापाले भन्नुभयो –“असोजदेखिको वालवालिकाहरुले दिवा खाजाको पैसा समेत पाएका छैनन् , नगरले पठाएको देखिन्छ तर खातामा छैन् ।”नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले पनि पैसा पठाईसकेको भएपनि खाजा पनि नख्वाएको र रकम पनि नदिएको पाईएको बताउनुभयो ।“तत्काल खाजा ख्वाउन भनेका छौं ।”कार्कीले भन्नुभयो ।
खातामा रकम नभएपछी विद्यालय संञ्चालनमै कठिनाई परेको छ । “संञ्चय कोष लगायतका हुनुपर्ने पैसा पनि छैन् ।”निमित्त प्रअ थापाले भन्नुभयो ।“अहिले स्रोतको खोजिमा छौं ।”सौर्य सिमेन्टका लागि सडक निर्माण गरी अतिक्रमण गरिएको क्षेत्र ।
काँग्रेस नगर सभापति हुन विव्यस अध्यक्ष
नेतृत्वको कुरा गर्ने हो भने यस विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ नेपाली काँग्रेसका कटारी नगर सभापति प्रकाश थापा । थापा नेतृत्वको व्यवस्थापन समितिले संञ्चालन गरेको विद्यालयको अवस्था भने दयनिय छ ।
वाहिरबाट नै विद्यालय सुधारको अवस्था नदेखिने विद्यालयको आन्तरिक कुरामा थापाले चासो दिएको जस्तो देखिन्दैन् ।“वालवालिकाहरुले रकम नपाएको खाजा नखाएको भर्खरै थापा पाएँ ।”अध्यक्ष थापाले भन्नुभयो ।“तत्काल सोधभर्ना गर्ने गरी भएपनि रकम व्यवस्था गर्छु ।”
अन्दाजी ९ कट्ठा जग्गा रहेको विद्यालयको जग्गा समेत अतिक्रमणमा परेको छ । विद्यालयसँगै वस्तीका घरहरु छन् । “ऐलानी भएकाले म अध्यक्ष हुनुभन्दा पहिला देखि नै अतिक्रमण अलिअथि थियो ।”अध्यक्ष थापाले भन्नुभयो ।
त्यसैगरी यस विद्यालयलाई वार्षिक रुपमा रकम दिने सर्तमा सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन गर्ने सडकले पनि अतिक्रमण गरेको छ । सडकका कारण विद्यालय अतिक्रमणमा पर्नुका साथै विद्यालयसँगै कुद्ने ट्रिपरले अध्ययन अध्यापनमा समस्या त पार्छ नै दुर्घटनाको जोखिम पनि बढाएको छ ।
बेखबर सरोकारवाला
६ महिनादेखि विद्यालयका वालवालिकाहरुले दिवा खाजाको रकम समेत पाउन सकेका छैनन् । “मलाई जानकारी आएको छैन् तत्काल वुझेर व्यवस्था गर्नु लगाउँछु ”कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो –“रकम बाँड्ने नै होईन खाजा ख्वाउनुपर्ने हो ।”
कटारी नगरले विशेष गरी शिक्षा र स्वास्थ्यमा जोड दिएको मेयर श्रेष्ठले बताउँदै आउनुभएको छ तर नगरपालिकाबाट नजिकैको विद्यालयको अवस्था भने कारुणिक वन्दै गएको छ । वाक्लो वस्तीका वीचमा रहेको यस विद्यालयको कम्पाउण्ड निर्माण , शैक्षिक अवस्था सुधार लगायतका काम कसले कहिले गर्ने होला ? त्यो भने हेर्न बाँकी छ ।