images
images

कटारीमा डढेलो नियन्त्रण सप्ताहा सुरु

जन्ताभ्वाईस सम्वाददाता
२ चैत्र , बिहिबार , २०७९
कटारी / कटारीमा वन डढेलो नियन्त्रण सप्ताहा सुरु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी (कटारी)को आयोजनामा सप्ताहाव्यापी कार्यक्रम सुरु भएको हो । कार्यक्रम अन्र्तगत आज कटारी बजारमा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामुलक र्याली गरिएको थियो ।
वन वातावरण तथा जैविक विविधता संरक्षणमा सहभागी बन्नौ भन्ने नाराका साथमा विभिन्न चेतनामुलक प्लेकार्ड सहित वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । कार्यालयका वन अधिकृत हिरालाल शर्माका अनुसार भोलिदेखि गाउँगाउँमा पनि जनचेतनामुलक कार्यक्रम गरिने भएको छ ।
साताभरी वन डढेलो नियन्त्रण गर्ने तथा जनचेतनामुलक कार्यक्रम गर्ने कार्यालयको योजना छ । वन क्षेत्रमा डढेलो सुरु भईसकेको भन्दै सवैलाई सचेत भएर वनमा आगो नलगाउन पनि कार्यालयले आग्रह गरेको छ ।