images
images

रानीडाँडावासीको दुःख , वर्षालागेपछी सडक बन्द , मोवाईलमा छैन नेटवर्क

जन्ताभ्वाईस सम्वाददाता
२ चैत्र , विहिबार , २०७९
कटारी/ कटारी नगरपालिका वडा नम्बर ८ मा रहेको रानीडाँडा गाउँका स्थानीयले सडक , संञ्चार जस्ता आधारभूत विकासका अनुभूति समेत गर्न नपाएको गुनासो गरेका छन् । गाउँसम्म पुग्नका लागि ३ वर्ष अगाडी नै ट्र्याक निर्माण गरिएको भएपनि मर्मत नहुँदा गएको वर्षादेखि सवारीसाधन पुराउन नसकिएको स्थानीय पहलसिंह थापा मगरले जानकारी दिनुभयो ।
मगरका अनुसार रानीडाँडामा मोबाईलको नेटवर्क समेत राम्रो नहुँदा , ईन्टरनेट चलाउन तथा कुराकानि गर्न समेत समस्या रहेको छ । सौर्य सिमेन्टको चुनढुंगा उत्खनन क्षेत्र तथा भाण्टाबारी बबलाबाट सडक जोडिएको पनि वर्षापछी संञ्चालनमा आउन नसकेको हो ।
वडाध्यक्ष नविन तामाङ्गले तत्काल सडक मर्मत गरी संञ्चालनका लागि काम थालिएको बताउनुभयो । तल्लो बबलामा सडकको कटिङ्ग भईरहेको र छिट्टै सडक संञ्चालनमा ल्याउने वडाध्यक्ष तामाङ्गले बताउनुभयो ।
संञ्चारका लागि पनि तत्काल समस्या समाधान गर्ने पहल गरिरहेको वडाध्यक्ष तामाङ्गको भनाई छ । सडक संञ्चालनमा नआएपछी त्यहाँ उत्पादन भएको अदुवा लगायतकका कृषि जन्य उत्पादन समेतलाई बजारमा पुराउन नसकिएको स्थानीयको गुनासो छ ।
रानिडाँडामा १५ घरपरिवार वस्दै आएका छन् ।सडक संञ्चालनमा नआउँदा विरामीहरुलाई अस्पत्तालसम्म लैजान पनि समस्या रहेको छ ।