images
images

कटारी अस्पत्ताललाई प्रसुति गराउने सामाग्री सहयोग

जन्ताभ्वाईस सम्वाददाता
१ चैत्र , बुधबार , २०७९
कटारी /कटारी अस्पत्ताललाई प्रसुति सेवाका लागि आवश्यक महत्वपूर्ण सामाग्रीहरु सहयोग प्राप्त भएको छ । आज वान हर्ट नामक संस्थाले अस्पत्ताललाई ३ लाख ७६ हजार ४ सय १९ बराबरको विभिन्न सामाग्रीहरु सहयोग हस्तान्तरण गरेको हो ।
प्रसुति गराउन आवश्यक विभिन्न सामाग्रीहरु संस्थाले कटारीका मेयर राजेशचन्द्र श्रेष्ठको साथमा , कटारी अस्पत्तालका प्रमुख मेडिकल सुपरिडेन्टेड डाक्टर गौरब साह , नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहाललाई प्रदान गरेको थियो । प्राप्त सामाग्रीहरु मेयर श्रेष्ठले अस्पत्ताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कटारी , ४ का वडाध्यक्ष भूपेश तामाङ्गलाई हस्तान्तरण गर्नुभयो ।
पछिल्लो समय अस्पत्ताललाई थप सुधार गर्दै कटारीमै प्रसुतिका लागि शल्यकृया समेत हुने गरेको छ । अस्पत्तालाको सेवालाई सहज होस भन्ने उद्येश्यले संस्थाले सामाग्रीहरु सहयोग गरेको हो ।