जन्ताभ्वाईस सम्वाददाता
३० फागुन , मंगलबार
दुधौली /दुधौलीका प्राध्यापक गान्धिराज मगरको विश्वका संघीय राज्यहरु तथा मगर कार्यपत्र पुस्तकको आज एक कार्यक्रमका वीच विमोचन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद दुधौली , सिन्धुलीको आयोजना र दुधौली नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख मेयर दिनेश अधिकारी दनुवारले पुस्तकको विमोचन गर्नुभयो ।
प्राध्यापक , शिक्षक तथा आदिवासी जनजाति समुदायका अगुवा अध्ययनकर्ता मगरले आप्mनो जन्मदिनको अवसर पारेर पुस्तकको विमोचन गर्नुभएको हो ।मगरले यस अघि पनि जन्मदिनको अवसरमा मगर संस्कार र संस्कृति सम्बन्धि पुस्तक विमोचन गर्नुभएको थियो ।


जनता भ्वाइस 







