जन्ताभ्वाईस सम्वाददाता
३० फागुन , मंगलबार
कटारी / नेकपा एमाले नगर कमिटी कटारीको आयोजनामा आजदेखि कटारीमा पनि मिसन ग्रास रुट अभियानको सुरुवात गरिएको छ । उदयपुर उद्योग वाणिज्य संघको हलमा पार्टी सुद्धृढिकरण तथा विस्तार अभियान अन्र्तगत वैठक तथा अभिमूखिकरण कार्यक्रमको सुरुवात गरिएको हो ।
नगर कमिटी अध्यक्ष संजिव कार्कीको सभापतित्व र पार्टीका केन्द्रिय कमिटी सदस्य तैयब हुसेनको प्रमुख आतिथ्यतामा अभियान सुरु गरिएको हो । अभियान अन्र्तगत आज वडाकमिटीका अध्यक्षहरु र नगर कमिटीका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
आजको कार्यक्रमले टोल कमिटी , वडा कमिटीसम्म पुगेर कार्यक्रमहरु गर्ने एमाले कटारीले जनाएको छ । कार्यक्रममा प्रदेश कमिटीका सदस्य तथा प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी ,अन्य प्रदेश कमिटीका सदस्यहरु , जिल्ला कमिटीका अध्यक्ष परमेश्वर घिमिरे लगायतका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पार्टी केन्द्रको निर्णयअनुसार केन्द्रीय कमिटीका सदस्यहरूले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्दै आउनु भएको छ। केन्द्रले तोकेर पठाएका केन्द्रिय सदस्यहरुले अभियान अन्तर्गत पार्टीको सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम पालिका पालिका देखी वडा वडा सम्म जारी राखेका छन।
राष्ट्र र राष्ट्रियताको हीतमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले भएकोले पार्टीको सबै खाले जनसंगठनलाई चलायमान बनाउने र पार्टी प्रती आकर्षित तथा शुभचिन्तकहरुलाई समेत पार्टी प्रवेस गराउने उद्धेश्य सहित नेकपा एमाले उदयपुरले बृहत कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्न लागेको जिल्ला पार्टी एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनु भएको छ।


जनता भ्वाइस 







