जन्ताभ्वाईस सम्बाददाता
२७, फागुन , शनिबार , २०७९
कटारी / नारायणी सामुदायिक बन उपभोक्ता समूह कटारी नगरपालिका २ को अध्यक्षमा चमबहादुर थापा चयन हुनुभएको छ । आज भएको आमभेलाले थापाको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पोष्टराज धमला , कोषाध्यक्षमा संगिता लामा , सचिवमा रामबहादुर तामाङ्ग , सह सचिवमा चीनीमाया सुनुवार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दिलबहादुर माझी , डिल्लीराम बाँस्कोटा , पुजा लामा , मोतिलाल कट्टेल , रत्नबहादुर कार्की , राधिका खप्तरी चयन भएका छन् ।
त्यसैगरी हर्कमाया भुजेल , गोपी परियार र फुर्ब बहादुर बम्जन पनि सदस्यमा चयन भएका छन् ।


जनता भ्वाइस 







