जन्ताभ्वाईस सम्वाददाता २४ फागुन , बुधबार ,२०७९ कटारी / लैंगिक समानताकाे बलियाे आधार ,सिर्जनात्मक प्रविधिमा महिलाकाे पहुँच विस्तार भन्ने नाराका साथ ११३ आैं अन्तराष्ट्रिय महिला दिवश कटारीमा पनि विविध कार्यक्रम गरि मनाईएकाे छ ।
कटारी नगरपालिकाकाे सहयाेग र वडा कार्यालयहरूकाे आयाेजनामा दिवश मनाईएकाे हाे । दिवशकाे अवसर पारेर कटारी , २ काे गुराँस हरियाली पार्ककाे सरसफाई गरिएकाे छ ।नगरपालिकाका उपमेयर गिता खड्का , वडाध्यक्ष प्रेम थापा लगायतकाे उपस्थितिमा पार्ककाे सरसफाई गरिएकाे हाे । त्यसैगरी जनचेतनामुलक र्याली , अन्तरकृया ,लगायतका विविध कार्यक्रम गरि दिवश मनाईएकाे हाे ।


जनता भ्वाइस 







