तस्बिर साभार ईश्वर पोखरेलको फेसबुकबाट
जन्ताभ्वाईस सम्वाददाता
२१ फागुन , आईतबार , २०७९
कटारी /सहिद सप्ताहाको अन्तिम दिन आज कटारी ६ स्थित सहिदको सालिकमा माल्यार्पण गरिएको छ । सहिद सोमबहादुर माझी र विष्णु पोखरेल (प्रवेश)को सालिकमा माल्यार्पण गरिएको हो ।
माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य केपी बराल , कटारी नगर कमिटी अध्यक्ष मणिराज दाहाल लगायतका नेता कार्यकर्ताहरुले सहिदको सम्झनामा माल्यार्पण गर्दै सहिद परिवारलाई सम्मान समेत गरेका थिए ।
मुलुकमा आएका परिवर्तनका लागि ज्यानको वलिदिने सहिदहरुको सम्झनामा माल्यार्पण गरिएको हो । हालको परिवर्तनका लागि सहिदहरुले दिएको योगदानलाई कहिले पनि विर्सन नहुने भन्दै सहिदहरुको सम्झना गरिएको हो ।


जनता भ्वाइस 







