images
images

कटारीमा सम्पन्न टच रग्बीमा पुरुष तर्पm वडा नम्बर २ र महिला तर्पm वडा नम्बर ३ विजेता बने

जन्ताभ्वाईस सम्वाददाता
२१ फागुन , आईतबार , २०७९
कटारी /कटारीमा सम्पन्न कोशी प्रदेशकै पहिलो स्थानीयस्तरको रग्बी खेल प्रतियोगितामा पुरुष तर्पm वडा नम्बर २ विजेता बनेको छ । वडा नम्बर २ ले वडा नम्बर ४ लाई पराजित गर्दै विजेता वन्दा वडा नम्बर ४ उपविजेता बनेको हो ।


त्यसैगरी महिला तर्पm भने वडा नम्बर ३ विजेता बनेको छ ।वडा नम्बर ३ ले वडा नम्बर २ लाई पराजित गरेको हो । वडा नम्बर २ उपविजेतामा सिमित बनेको छ । प्रथम मेयरकप टच रग्बी खेल प्रतियोगिता नगर खेलकुद विकास समिति कटारीको आयोजना , कटारी नगरपालिका र नेपाल रग्बी संघ उदयपुरको सहयोगमा कटारी ४ स्थित टाईगर फिल्ड खेल मैदानमा सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरषका ५ र महिलाका ५ गरी १० टिमले प्रतिष्पर्धा गरेका थिए ।
यस खेलमा पछिल्लो पटक किशोर किशोरीहरुको आकर्षण बढेको पाईएको छ । पुरुष भन्दा पनि महिलाहरुले रग्बीमा राम्रो आकर्षण देखाएका छन् ।