जन्ताभ्वाईस सम्वाददाता
२० फागुन , शनिबार , २०७९
कटारी / नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी काँग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा साथै शान्ति प्रकृयाको वाँकी काम पुरा गर्न सहकार्य गरेको बताउनुभएको छ । उदयपुरको कटारीमा आजदेखि सुरु एकीकृत अखिल नेपाल शिक्षक संगठन कोशी प्रदेशको दोस्रो सम्मेलनका कटारी आईपुग्नुभएका उपाध्यक्ष महराले यस्तो बताउनुभएको हो ।
आज विहान कटारी स्थित होटल माछापुच्छ्रे होलिडे ईनमा पत्रकारहरुसँग कुराकानि गर्दै उपाध्यक्ष महराले ८ दलको उमेद्वार रामचन्द्र पौडेलले राष्ट्रपतिमा जित्ने संभावना पुरै भएको बताउनुभयो । “राष्ट्रपतिको दायित्व नै संविधानको रक्षा शान्तिप्रकृयाको काम पुरा गर्नुपर्ने तथा गणतन्त्रको रक्षा भएकाले हामीले यो समीकरण बनाएका हौं ।”उपाध्यक्ष महराले भन्नुभयो –“एमालेसँग दुईमहिना सहकार्य गर्दा संविधानको रक्षा गर्ने सम्भावना कम देख्यौं ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न अन्र्तवार्ताहरुमा अभैm पनि प्रतिनिधि सभा विघटन ठिक थियो भन्नुले एमाले संविधानको रक्षा गर्नेमा सकारात्मक नभएकोले समीकरण परिवर्तन भएको उपाध्यक्ष महराको भनाई थियो । कोशी प्रदेश नामाकरणपछी माओवादीले पहिचानको मुद्दा छोडेको हो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिंदै महराले पहिचानको अडान कायम रहेको बताउनुभयो ।
माओवादी कोचिला , लिम्बुवान र किरात प्रदेशको पक्षमा रहेको बताउँदै महराले छलफल जारी रहने बताउनुभयो । “यो सम्झौता हो ,सम्झौतामा हामीले भनेकै हुनुपर्छ भन्ने छैन् , हाम्रो अडान कायम छ ”उपाध्यक्ष महराले कटारीमा तटबाँधको समस्या , सडकको समस्याका विषयमा पनि अनुगमन गर्ने कार्यक्रम रहेको छ ।


जनता भ्वाइस 







