जन्ताभ्वाईस सम्वाददाता
१८ , फागुन , विहिबार , २०७९
कटारी / कटारी नगरपालिकाले शववाहन ल्याएको छ । चालु आर्थिक वर्षमा शववाहनका लागि छुट्याईएको १० लाखबाट शववाहन ल्याईएको नगर प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
शववाहन ल्याईएपछी अव यसको संञ्चालनका लागि कार्यविधि बनाउने पनि मेयर श्रेष्ठले बताउनुभयो । “ अव कार्यविधि बनाएर कार्यपालिकाबाट पारित गरेपछी संञ्चालन प्रकृया प्रष्ट पार्छौं ”मेयर श्रेष्ठले भन्नुभयो ।“सकेसम्म अवस्था हेरेर लक्षित समूहलाई निशुल्क र अन्यलाई न्युनतम् शुल्कमा संञ्चालनमा ल्याउने प्रयासमा छौं ।”
कटारी नगरपालिकामा शववाहन नहुँदा समस्या थियो । शववाहन नभएपछी कटारी नगरपालिकाको ट्याक्टरले शव वोक्नु पर्ने वाध्यता थियो ।


जनता भ्वाइस 







