जन्ताभ्वाईस सम्वाददाता
१८ , फागुन , विहिबार , २०७९
कटारी / कटारीमा भोलिदेखि टच रग्वी प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
नेपाल रग्वी संघको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा कटारी नगरका ५ पुरुष टिम र ५ महिला टिम गरी १० टिमले प्रतिष्पर्धा गर्नेछन् ।
समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीका अनुसार भोलि र पर्सी प्रतियोगिता संञ्चालन हुनेछ । विजेता र उपविजेता टिमलाई ट्रफी , मेडल , प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।
भोलि विहानदेखि कटारी स्थित टाईगर फिल्डमा प्रतियोगिता संञ्चालन हुनेछ । दिउँसो एक कार्यक्रमकावीच प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।


जनता भ्वाइस 








