images
images

उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन

जन्ताभ्वाईस सम्वाददाता
१७ फागुन , बुधबार , २०७९
कटारी / उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र राउत चयन हुनुभएको छ । आज सम्पन्न संघको १६ औं विशेष साधारण सभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको हलमा सम्पन्न अधिवेशनको वन्द सत्रले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नयाँ कार्यसमितिको सचिवको जिम्मेवारी जिवनाथ दाहालले पाउनुभएको छ ।
अन्य पदाधिकारीहरुका विषयमा छलफल भईरहेको सचिव दाहालले बताउनुभयो । सर्व सम्मत चयन भएका सदस्यहरुमा अरुण कुमार साह , महेन्द्रलाल दास , मुना कुमारी कटुवाल , जमानसिंह वस्नेत , रामकुमार चौधरी , रुदबहादुर खत्री , द्वारिका वस्नेत , शंकरबहादुर कटुवाल रहेका छन् ।
त्यसैगरी वंशिधर न्यौपाने , एकलाख हुसेन , आनन्द कुमार महासेठ ,प्रताप श्रेष्ठ , शैलेस कार्की , पदमराज कायस्थ , शत्रुधन कार्की , मोहन कुमार कार्की , नुडुल हसन , दिनेश्वर साह , र निर्मला कार्की पनि सदस्यमा चयन भएका छन् ।
संघको वन्द सत्रले संसोधन सहितको विधानको मस्यौदा पारित गरेको छ । पारित विधान अनुसार संघलाई चलायमान बनाउँदै लैजाने नव निर्वाचित अध्यक्ष राउतले बताउनुभयो । नव निर्वाचित कार्यसमितिलाई कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ तथा माओवादीका तर्पmबाट केपी बराल , एमालेका तर्पmबाट रतन पोखरेल र काँग्रेसका तर्पmबाट प्रकाश थापाले शुभकामना मन्तव्य दिएका थिए ।
गएको फागुन १ मा संघको १६ औं साधारण सभाको उदघाटन समारोह सम्पन्न भएको थियो । त्यसपछी भएको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्न सकेको थिएन ।
गणपुरक संख्या नपुगेको भन्दै स्थगित संघको साधारण सभाका लागि आज विशेष साधारण सभाको आयोजना गरिएको थियो । विशेष साधारण सभाले राउतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । राउतले यस क्षेत्रमा लामो समय व्यवसाय गर्दै आउनुभएको तथा प्रतिष्ठित व्यवसायी भएकाले सर्वसम्मत अध्यक्षमा चयन गरिएको संघका निवर्तमान अध्यक्ष पुष्कर खड्काले बताउनुभयो ।
नव निर्वाचित कार्यसमितिलाई आज नै आवश्यक कागजात हस्तान्तरण गरीएको पनि खड्काले बताउनुभयो ।