images
images

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान

जन्ताभ्वाईस सम्वाददाता
१५ फागुन , सोमबार , २०७९
कटारी /ईलाका प्रशासन कार्यालय कटारीले फरक क्षमता अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको छ । आज विहान कटारी , ३ देवीधापका ३० वर्षिय अपाङ्गता भएका विनोद अधिकारीलाई घरमै पुगेर नागरिकता दिईएको हो ।
कार्यालयका प्रमुख उपसचिव चेतराज बरालले घरमै पुगेर अधिकारीलाई नागरिकता प्रदान गर्नुभयो । कटारी , ३ का वडासदस्य युवराज अधिकारीको पहलमा सम्पूर्ण आवश्यक कागजात तयार भएपछी अधिकारीलाई आज विहान कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ सहित घरमै पुगेर नागरिकता दिईएको हो ।
वोल्न नसक्ने , अन्यत्र आउजाउ नगर्ने अधिकारीको समस्या भएकाले सरकारले दिने आवश्यक सेवा सुविधाका लागि पनि नागरिकता आवश्यक परेपछी नागरिकता बनााईदिएको वडासदस्य अधिकारीले जानकारी दिनुभयो ।