जन्ताभ्वाईस सम्वाददाता
१३ , फागुन , शनिबार , २०७९
कटारी /कटारी , ३ स्थित ताराघारीमा रहेको महादेव गुफामा गएको २५ माघ देखि ७ फागुन सम्म सम्पन्न शिव महापुराणमा ७२ लाख संकलन भएको गुफा व्यवस्थापन समितिका सचिव रोशन श्रेष्ठले बताउनुभयो । महादेव गुफालाई पर्यटकीय क्षेत्र बनाउनुका साथै विभिन्न संरचना निर्माण गर्ने उद्येश्यले महापुराणको आयोजना गरिएको थियो ।
गुफामा कटारी आसपासका विभिन्न भजन किर्तन एकादशी समूहहरु लगायत व्यक्तिहरु सहयोग गरेका थिए । महादेव गुफाको विकासका लागि पुराण आयोजना गरिएको बताउँदै सहयोगी सवैलाई धन्यवाद ज्ञापन गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले बताउनुभयो । पण्डितद्वय रमेश ढुंगाना र उमराज खतिवडा रहेका थिए ।
महापुराणमा संयोजक वरिष्ठ अधिवक्ता शम्भु थापाले सवैभन्दा वढी २ लाख ५५ हजार ५ सय ५५ परिवारको तर्पmबाट , त्यसैगरी व्यवसायी समाजसेवी तथा प्रदेश १ का पूर्व मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले स्व पिता दलबहादुर राउत र स्व माता विष्णु राउतको सम्झनामा २ लाख ११ हजार , गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले १ लाख ११ हजार १ सय ११ , कटारी ३ ताराघारीका याम सुनुवार र श्रीमति गौरीमाया सुनुवारले १ लाख १ हजार १ सय १ आर्थिक सहयोग गरेका थिए ।


जनता भ्वाइस 








