जन्ताभ्वाईस सम्वाददाता
१३ , फागुन , शनिबार , २०७९
कटारी/ कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो साना सहरी खानेपानी आयोजना पश्चातको प्रथम साधारण सभाको उदघााटन समारोह सम्पन्न भएको छ । समितिका अध्यक्ष दोजराज पौडेलको सभापतित्व र कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उदघाटन समारोह सम्पन्न भएको हो ।
त्यसैगरी कटारीका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर गीता खड्काको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उदघाटन समारोहमा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले खानेपानी संञ्चालनका लागि सवै लागि पर्नुपर्ने बताउनुभयो ।
नगरले खानेपानी संञ्चालनका लागि भूमिका खेल्ने मेयर श्रेष्ठको भनाई थियो । त्यसैगरी पूर्व मेयर श्रेष्ठले आप्mनो कार्यकालदेखि यो योजनालाई सफल बनाउन लागि परेको बताउनुभयो ।त्यस्तै अर्का विशेष अतिथि उपमेयर खड्काले खानेपानी संञ्चालन भई यसलाई सहज किसिमले उपभोक्ता माझमा पुराउनुपर्ने बताउनुभयो ।
कार्यक्रमको बन्द सत्र भने विधान मस्यौदा समितिको प्रस्तावित मस्यौदा मात्रै पारित भएको छ । समितिका लागि कुमार सिंह राईको संयोजकत्वमा मुकेश थापा र विष्णु पौडेल सदस्य रहेको समितिले प्रस्ताव गरेको विधानमाथि छलफल गर्दै संसोधन सहित पारित गरेको हो ।
त्यसैगरी समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भने पारित हुन सकेन । पारित हुन नसकेपछी वन्द सत्रका अन्य कार्यक्रम स्थगित भएको छ । प्रस्तुत आर्थिक प्रतिवेदनको अध्ययन र छानविन गर्न ५ सदस्यिय आन्तरिक लेखा परीक्षण समित गठन गरिएको छ । समितिको संयोजकमा सविन खान , र सदस्यहरुमा गुमानसिंह तामाङ्ग , राजु मगर , दिलबहादुर थापा र राजकुमारी तामाङ्ग रहेका छन् ।
समितिले १५ दिनभित्र लेखा परीक्षण अध्ययन गरी प्रतिवेदन पेश गरेपछी वन्द सत्रको आगामी कार्यक्रम अघि बढ्ने छ । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष भुपेश तामाङ्ग , ३ का अध्यक्ष पुष्कर खड्का , ५ का अध्यक्ष मोहन तामाङ्ग , ९ का अध्यक्ष वेगबहादुर आले मगरले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी नेपाली काँग्रेसका तर्पmबाट नगर सभापति प्रकाश थापा , एमालेका तर्पmबाट जीवनाथ दाहाल , माओवादीका तर्पmबाट रामवावु खड्काले मन्तव्य राखेका थिए ।


जनता भ्वाइस 







