images
images

‘चौथो कटारी मेयर कप फुटबल ’उपाधिका लागि वडा नम्बर ५ र २ फाईनलमा भिड्ने

जन्ताभ्वाईस सम्वाददाता
१२ फागुन , शुक्रबार , २०७९
कटारी / कटारीमा ७ फागुनदेखि जारी चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा उपाधिका लागि वडा नम्बर ५ र २ ले प्रतिष्पर्धा गर्ने भएका छन् । आज विहानको पहिलो सेमिफाईनलमा कटारी वडा नम्बर ४ लाई ० का विरुद्ध १ गोल पराजित गर्दै कटारी ५ ले फाईनलमा आप्mनो स्थान पक्का गरेको हो । तेस्रो मेयर कप फुटवलको उपविजेता वडा नम्बर ५ का लागि फाईनल यात्रा तय गर्न महेन्द्र भुजेलले पेनाल्टी मार्पmत गोल गरेका थिए । डि एरियामा कटारी ४ का खेलाडीको ह्याण्ड भएपछी पाएको पेनाल्टीलाई भुजेलले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच समेत भुजेल घोषित भए । त्यसैगरी वेलुकीको दोस्रो सेमी फाईनलको खेल अवधिमा दुवै टिमले गोल गर्न नसकेपछी कटारी ३ लाई २ का विरुद्ध ४ गोल गर्दै टाईपवे्रकरमा विजयी वडा नम्बर २ ले फाईनल यात्रा तय गरेको हो ।
टाईपव्रेकरमा कटारी २ का लागि अमन मगर , रन्जन बुढाथोकी , मेखबहादुर खत्री र मिलन परियारले गोल गरे भने कटारी ३ का लागि गोपाल लिम्बु र निराजन सुनुवारले मात्रै गोल गरेका गिए । खेलको म्यान अफ द म्याच कटारी २ का गोल रक्षक गोविन्द कार्की घोषित भए ।
फाईनलमा अव वडा नम्बर ५ र २ ले पर्सी आईतबार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।
कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता भएको हो ।
१४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ वडाका टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो ।