images
images

‘चौथो कटारी मेयर कप फुटबल ’वडा नम्बर ५ र २ सेमी फाईनल प्रवेश

जन्ताभ्वाईस सम्वाददाता
१० फागुन , बुधबबार , २०७९
कटारी जन्ताभ्वाईस सम्वाददाता
१० फागुन , बुधबबार , २०७९
कटारी / कटारीमा ७ फागुनदेखि जारी चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा जित हात पार्दै कटारी वडा नम्बर ५ र वडा नम्बर २ सेमी फाईनलमा प्रवेश गरेका छन् । आज विहानको क्वाटरफाईलनमा कटारी वडा नम्बर ८ लाई ० का विरुद्ध ९ गोलको फराकिलो अन्तरको जित सहित वडा नम्बर ५ र कटारी वडा नम्बर १४ लाई ० का विरुद्ध १ गोल गर्दै कटारी वडा नम्बर २ सेफी फाईनलमा प्रवेश गरेको हो ।
कटारी वडा नम्बर ५सागर राईले ३ , महेन्द्र भुजेलले ३ ,तेजबहादुर कार्कीले २ र प्रफुल्ल राईले १ गोल गरेका थिए । खेलमा ह्याट्रिक गरेका वडा नम्बर ५ का तेजबहादुर कार्की म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी वेलुकीको खेलमा वडा नम्बर १४ का विरुद्ध १ गोल गर्नेमा वडा नम्बर २ का सुनिल तामाङ्ग रहे । खेलको म्यान अफ द म्याच कटारी २ का सुनिल तामाङ्ग घोषित भए ।
जारी प्रतियोगिता आगामी १४ गते सकिनेछ । कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
१४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ वडाका टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो ।
भोलि विहानको पहिलो सेमी फाईनलमा कटारी ४ र ५ ले प्रतिष्पर्धा गर्नेछन् भने वेलुकीको दोस्रो सेमीफाईनलमा कटारी ३ र २ ले प्रतिष्पर्धा गर्नेछन् । भोलि विहान र वेलुकीको विजेताले उपाधिका लागि १४ गते प्रतिष्पर्धा गर्नेछन् ।