images
images

‘चौथो कटारी मेयर कप फुटबल ’वडा नम्बर ४ र ३ सेमी फाईनल प्रवेश

जन्ताभ्वाईस सम्वाददाता
१० फागुन , बुधबबार , २०७९
कटारी /कटारीमा ७ फागुनदेखि जारी चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा वडा जित हात पार्दै कटारी वडा नम्बर ४ र वडा नम्बर ३ सेमी फाईनलमा प्रवेश गरेका छन् । आज विहानको पहिलो क्वाटरफाईलनमा कटारी वडा नम्बर १२ लाई ० का विरुद्ध ६ गोल गर्दै वडा नम्बर ४ र कटारी वडा नम्बर ११ लाई ० का विरुद्ध ४ गोल गर्दै कटारी वडा नम्बर ३ सेफी फाईनलमा प्रवेश गरेको हो ।
कटारी वडा नम्बर ४ का लागि वडा नम्बर १२ का विरुद्ध अनिल दनुवारले एक , प्रसान्त राईले २ र सल्मान कार्कीले ३ गोल गरेका थिए । खेलमा ह्याट्रिक गरेका वडा नम्बर ४ का सल्मान कार्की म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी वेलुकीको खेलमा वडा नम्बर ११ का विरुद्ध गोल गर्नेमा वडा नम्बर ३ का विक्रम परियारले २ गोल , प्रताप राईले १ गोल र निराजत सुनुवारले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कटारी ३ का प्रताप राई घोषित भए ।
जारी प्रतियोगिता आगामी १४ गते सकिनेछ । कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
१४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ वडाका टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो ।