images
images

तीनदिन देखि गुपचुप एउटा गम्भिर दुर्घटना , कटारी पालिकाका पुराना चालक अजय श्रेष्ठ गम्भिर घाईते

फोटो साभार सामाजिक संञ्जाल
जन्ताभ्वाईस सम्वाददाता
फागुन , ९ , मंगलबार , २०७९
कटारी / तीनदिन अघि शिवरात्रीका दिन विहान गाईघाट स्थित चुहाडेमा दुर्घटनामा परी कटारी , ३ का अजय श्रेष्ठ गम्भिर घाईते भए । कटारी नगरपालिकाका सवैभन्दा पुराना चालक श्रेष्ठको अहिले विराटनगर स्थित न्युरो अस्पत्तालाम उपचार भईरहेको छ ।
गाईघाटबाट चुहाडे तर्पm आईरहेको श्रेष्ठको प्रदेश नम्बर १– ०१–०५–००१ प ७०४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट गईरहेको प्रदेश नम्बर ०१–०२५ च ५००२ नम्बरको कारले ठक्कर दिएको थियो ।
ठक्कर दिने कार गाईघाट निवासी जिल्ला अदालत मोरंगका न्यायधिस अम्बिका प्रसाद दाहालको हो । जिल्ला प्रहरी कार्यालयमा पटक पटक सम्पर्क गर्दा घाईतेको उपचार भईरहेको र आवश्यक अनुसन्धान भईरहेको जानकारी आएको छ ।
यता घाईतेका आफन्त विनोद राईले दुर्घटनापछी फोन आएपनि हिजोसम्म कोहि पनि अस्पत्ताल नपुगेको बताउनुभयो । उच्च अदालत विराटनगरका न्यायधिस दाहालले आप्mनो घरमा पुराण भएकाले आफु जान नपाएपनि अन्य व्यक्तिहरुलाई पठाएको र घटनाको विषयमा जानकारी लिई आवश्यक उपचार गरिरहेको बताउनुभयो ।
आफु सम्पर्कमा रहेर मान्छेहरु खटाईरहेको दाहालको भनाई छ । घटनापछि अनुसन्धान जारी रहेको जनाएको प्रहरीले घटनामा संलग्नलाई भने अहिले नियन्त्रणमा नलिएको बताईएको छ । कटारी नगरपालिकाका उपमेयर गिता खड्काले हिजो जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग कुरा गरी घटनामा दोषिले कार्वाही भोग्नु पर्ने र कानुन बमोजिम हुनुपर्ने बताएको जानकारी दिनुभयो ।
घटनापश्चात कटारी नगरपालिकाले पनि गम्भिर रुपमा चालकका विषयमा ध्यान नदिएको गुनासो आउन थालेको छ । उपचारका लागि अस्पत्ताल सम्म कोहि नपुग्नु र रकम समेत अभाव हुँदा समेत समस्या भएको बताईएको छ ।
कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले घटनाको तीनदिनसम्म पनि गुपचुप जस्तो वस्दा एउटा सोझो मान्छेलाई ठूलो समस्या परेको बताउनुभयो । “एकदम दुःख लागेको छ सवैले छानविन गरी न्याय दिलाउन पहल गर्नुपर्छ ।”श्रेष्ठले भन्नुभयो । त्यसैगरी पूर्व उपमेयर भिमकुमारी राउतले पनि श्रेष्ठ कटारी नगरपालिकाको पुरानो र कर्मठ मिहिनेति ईमान्दार चालक रहेको भन्दै यस दुखद घडीमा नगरले छिट्टै चासो नदेखाएको बताउनुभयो ।
घटना पश्चात संञ्चारमाध्यमहरुमा पनि समाचारहरु आउन नसक्नु र नगरपालिकाबाट पनि कुनै जानकारी सार्वजनिक नहुँदा समस्या झन बढेको गुनासो आउन थालेको छ । घटनाको दुईदिन पश्चात नगरपालिकाकै कर्मचारी हिरालाल अधिकारी दनुवारले सामाजिक संञ्जाल फेसबुकमा स्वास्थ्य लाभको कामना सार्वजनिक गरेपछी मात्रै अन्यले पनि संञ्जालमा पोष्ट गरेका थिए ।
अहिले सामाजिक संञ्जालमा आएका घटनाका फोटोहरु अनुसार कारले लेन पेलेर दुर्घटना गरेको जस्तो देखिएको स्थानीयको भनाई छ । घटनामा कारमा चालक को थियो भन्ने समेत यकिन हुन सकेको छैन् । न्याय दिने न्यायधिसको कारले भएको दुर्घटनाका कारण घटना गुपचुप पार्न खोजिएको त हैन भन्ने आशंका समेत वढेको घाईते श्रेष्ठका छिमेकीहरु बताउँछन् ।